चिसो मान्छेको ट्रेलर सार्वजनिक «

चिसो मान्छेको ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ ।
आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र कुमार खनालले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक पोस्टर र टिजरमै स्वस्तिमामा देखिएको कर्णाली ‘लुक्स’ ले चर्चा पाएको थियो । कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर चलचित्र तयार पारिएको छ ।
ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन् । विदेशबाट आएको शवलाई गाउँ पु¥याउने यात्रा फिल्ममा देखाइने छ । कार्यक्रममा अभिनेत्री खड्काले विभिन्न किसिमका महिलाहरुको परिचय दिने बताउनु भयो । फिल्मको पात्रले महिलाहरुको सबैखाले समस्या देखाउने बताए । त्यस्तै अभिनेता विपिन कार्कीले निर्देशकले नयाँ आयाममा फिल्म बनाएको भन्दै निर्देशक दीपेन्द्र के खनालको प्रशंसा गरे ।
फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ । दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्