महिन्द्राकोे ‘एसपी प्लस’ ट्रयाक्टर नेपालमा «

महिन्द्राकोे ‘एसपी प्लस’ ट्रयाक्टर नेपालमा

महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपी प्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा सुरुवात गरेको छ ।
यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाद्वारा सञ्चालित रहेको कम्पनीको भनाइ छ । ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमाकिसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।
नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टर विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघको उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस्