मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन «

मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बिमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म (मार्स) सुरु गरेको छ ।
बिमा सल्लाहकारको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीले संयुक्त रुपमा अनावरण गरे ।
मार्समा इच्छुक बिमा अभिकर्ताले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रका लागि पनि अनलाइन नै आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त उम्मेद्वारहरुले मार्समा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरुको प्रोफाइल आफैं विश्लेषण गरि मन परेको प्रबन्धक छनोट गर्न सक्छन् । जसले गर्दा उनीहरुलाई आफूले इच्छाएको प्रबन्धकहरुसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रुपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्ने विस्वास लिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्