Logo

बीवाई डी नेपालको सद्भावना दूतमा आचार्य

नेपालका लागि बीवाई डी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्क प्रा.लि.ले आफ्नो ब्राण्डलाई प्रतिनिधित्व गर्न हास्य कलाकार हरिवंश आचार्यलाई सद्भावना दूत नियुक्त गरेको छ । नेपालमा विद्युतीय गतिशीलता प्रवद्र्धन गर्न दुवै पक्षबीच सम्झौतामा हस्ताक्षर भएको छ । उक्त अवसरमा कलाकार आचार्यले हालको अवस्थाले ईभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गरेको बताए । उनले विश्वव्यापी रूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेको उनले बताए ।
ब्रान्ड एम्बेसेडरद्वारा गरिने प्रचार–प्रसारले देशभर विद्युतीय गतिशीलता र यसका फाइदाका बारेमा चेतना जगाउने र कम्पनीको ब्रान्ड निर्माण गर्न तथा ग्राहकहरूको विश्वास प्राप्त गरी मन जित्न उल्लेखनीय योगदान पु-याउने विस्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्