नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा «

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावा सोती शाखाको संयुक्त रुपमा उद्घाटन गरी सेवा सुरू गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधानलगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयहरूको उपस्थिति थियो । २०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रूपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रूपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने यसले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्