महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश «

महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक २८ औं वर्षमा प्रवेश गरेको छ ।
जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी रहेका १०३ शाखाबाट करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको दावी गरेको छ
२८ औं वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको छ ।
एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३३ वटा शाखबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपुर, न्युरोड गेट, महाकाल, रत्नपार्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी पनि गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच नेपाली जनतामा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्