Logo

नेपाल बैंक बागमती प्रदेशकोे बजेट गोष्ठी

नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बागमती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम आयोजना गरेको छ ।
सो बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बागमती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।
बैंक व्यवस्थापनले शाखाहरुसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिने बैंमले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकमा युवा जनशक्ति भएकाले कडा परिश्रमले सबल र प्रतिस्पर्धी रुपमा अगाडि आएको बताए । सम्पूर्ण नेपालीहरुमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको विश्वास जित्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा बैंकका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्