नाडाको कार्यसमिति बैठक रारामा «

नाडाको कार्यसमिति बैठक रारामा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ ।
एसोसिएसनले २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । कर्णालीको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आन्तरिक पर्यटन विस्तारमा सहयोग पुग्ने बताएका छन् ।
अध्यक्ष थापाले कर्णाली सुन्दर रहेपनि आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको भन्दै पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नुपर्ने बताए ।
बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एसोसिएसनसँग पनि रारा तालको परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो ।
अन्तक्र्रिया कार्यक्रममा कर्णाली अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेसल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र अन्तर्प्रदेश सम्बन्ध हुनुपर्ने बताए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीयस्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्