Logo

लुम्बिनी विकास बैंक र धुलिखेल जिपलाइनबीच सम्झौता

लुम्बिनी विकास बैंकले काभ्रेको धुलिखेलस्थित वल्र्ड वाईड एडभेन्चर प्रा. लि.(धुलिखेल जिपलाइन) सँग आफ्ना ग्राहकलाई छुट दिनबारे सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका आफ्ना ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी धुलिखेल जिपलाइनका विभिन्न सेवा लिएवापत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गर्ने छ ।
सम्झौतामा बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वल्र्ड वाईड एडभेन्चरका तर्फबाट अध्यक्ष केदारबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको दावी गरेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्