Logo

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष राणा सम्मानित

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष श्रीमती सृजना राणा द्रौपदी सम्मानपत्रबाट भारतमा सम्मानित भएकी छिन् ।
द्रौपदी ड्रीम ट्रस्टले उक्त सम्मान प्रदान गरेको हो । द्रौपदी ड्रीम ट्रस्ट प्राचीन पूर्वीय सभ्यता, कला, संस्कृति धर्मलगायत ईतिहासको क्षेत्रमा बिगत लामो समयदेखि खोज अनुसन्धानमा संलग्न हुनुका साथै सो सम्बन्धी प्रकाशनहरु समेत गर्दै आएको संस्था हो ।
राणाले नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा नेपाल तथा भारतबीच धार्मिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यका साथ ५ वटा धार्मिक पदमार्ग चक्रहरु, बुद्धिस्ट सर्किट, महाभारत सर्किट, रामायण सर्किट, शिव–शक्ति सर्किट तथा शिख सर्किटको विकास तथा सो सम्बन्धी कफी टेबल बुकको प्रकाशन तथा वेवसाइट निर्माण कार्यका लागि अगुवाई गरेकी छन् । साथै दु्ई देशबीचको पारस्परिक सम्बन्धको विकासमा योगदान पु-याएको भन्द राणालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्