सफा हिमाल अभियान–२०२२
३० हजार फोहोर संकलन

सफा हिमाल अभियान–२०२२’ अन्तर्गत ३० हजार ३ सय ४४ किलोग्राम फोहोर संकलन भएको छ ।
नेपाली सेनका अनुसार यस वर्ष फोहोर संकलनको क्रममा ५ जेठमा सडने/कुहिने गरी ५ हजार २ सय ६६ केजी, नकुहिने २५ हजार ७८ केजी गरी ३० हजार ३ सय ४४ केजी फोहोर संकलन भएको छ ।
नेपाली सेनाले हिमाल सफाइको तेश्रो संस्करण ‘सफा हिमाल अभियान–२०२२’ अन्तर्गत २०७८ चैत तेश्रो साताबाट हिमाल सफाइ गरिरहेको छ । २२ जेठसम्म सञ्चालन हुने सफाइ कार्यक्रममा सेनाले यस वर्ष ४ हिमाल सफाई गर्ने जनाएको छ ।
३५ टन फोहोर संकलन गर्न लक्ष्य लिएको नेपाली सेनाले यस वर्ष सगरमाथा, लोत्से, कञ्चनजंगा र मनासलु हिमालको सफाई गर्ने जनाएको छ । हिमाल सफा गर्नको लागि पर्यटन विभागबाट सेनाको २९ सदस्यीय टोलीले अनुमति समेत लिएको छ । सफाइ अभियानमा करिब ८७ जनाको सहभागिता रहेका छन् ।
नेपालमा हिमाल सफा गर्ने अभियान सन् २०१९ देखि नेपाली सेनाको अगुवाईमा हुँदै आएको छ । हिमाल सफाइका लागि १२ करोड ९६ लाख लागत लाग्ने अनुमान सेनाले गरेको भएपनि हालसम्म ८ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन भएको जनाएको छ । नेपाल सरकारबाट यसबाहेक अभियानमा प्रयोग हुने हवाई साधन, मेडिकल र सञ्चार खर्चमा एक करोड ३० लाख रकम विनियोजन भएको जनाएको छ ।
आरोहणका क्रममा हुने फोहोरलाई न्यूनीकरण गर्न पर्यटन विभाग र नेपलाी सेनाबीच समझदारी भएको थियो । अभियानले हिमालको स्च्छता अभिवृद्धि गर्नको लागि योग्दान पु-याउँदै आएको नेपाली सेनाले जनाएको छ । सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थासँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गरेको थियो ।