दुई दिन बिदा दिने निर्णय अव्यवहारिकः वीउवा संघ «

दुई दिन बिदा दिने निर्णय अव्यवहारिकः वीउवा संघ

नेपाल सरकारले पेट्रोलियम उत्पादनको खपत घटाउन हप्तामा दुई दिने बिदा दिने निर्णय गरेकोप्रति ध्यानाकर्षण भएको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा उद्योग व्यवसायमा ठूलो नकारातमक प्रभाव परिरहेको भन्दै संघका अध्यक्ष डा. सुबोध गुप्ताले दुई दिने बिदाले बैंक तथा वित्तीय संस्थाबाट पाउने सेवा प्रभावित हुने बताए ।
उनले नेपालजस्तो मुलुकमा सरकारले बिना अध्ययन हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको उनको भनाइ छ ।
“हामी अल्प विकसित अवस्थामा छौं, देशलाई विकसित मुलुकमा पु-याउन हामीले थप कठोर मेहनत गर्नु पर्ने छ” उनले भने, “बढी मेहनत गर्नुको सट्टा सङ्घीय राज्य र स्थानीय सरकारले बढी बिदा दिने प्रतिस्पर्धा गर्दा समग्र उद्योग, व्यवसाय, शैक्षिक, स्वास्थ्य आदि क्षेत्रमा यसले नकारात्मक असर पर्नेतर्फ ध्यान दिन जरुरी छ ।” उनले हप्तामा दुई दिन बिदा दिने निर्ण व्यवहाररिक नभएकाले तत्काल लागू नगर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्