Logo

जुम्लाको कनका सुन्दरीमा एम्बुलेन्स दुर्घटना तीन जना घाइते

जुम्ला – जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एम्बुलेन्स दुर्घटनामा हुदा तिन जना घाइते भएका छन् ।
कनका सुन्दरी गाँउपालिका–६ का दलबिरे ऐडी बिरामी हुँदा एम्बुलेन्स गोठी जिउलाबाट जुम्ला सदरमुकाम खलंगा लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा सवार तिन जना यात्रु घाइते भएका छन् ।
कनका सुन्दरी गाउँपालिकाको क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निरीक्षक भुवन भट्टकाअनुसार बाटो फराकिलो भए पनि चालकको लपारबाहीले एम्बुलेन्स दुर्घटना भएको हो ।
बिहान नौ बजे जुम्ला बजार आउने क्रममा कनकासुन्दरीको ५ नम्बर वडाको दाँते ओेखरमा गाडी रोकेर चालक बाहिर निस्केका थिए । गाडीमा रहेका यात्रुले गाडी हल्लाएपछि गाडी पछाडीबाट गुडेर दुर्घटना भएको चालक डम्मर बुढाले बताएका छन् । एम्बुलेन्स कर्णाली राजमार्गको दाँते ओखर भने ठाउँबाट २० मिटर तल धानको बीउ राखेको खेतमा एम्बुलेन्स पग्यको छ ।

प्रतिक्रिया दिनुहोस्