छथरजोरपाटीले गर्भवती महिलालाई पोषण भत्ता दिने «

छथरजोरपाटीले गर्भवती महिलालाई पोषण भत्ता दिने

धनकुटा – धनकुटाको छथरजोरपाटी गाउँपालिकाकाले गर्भवती महिला र बच्चाको स्वाथ्य सुधारका लागि गर्भवती महिलालाई प्रत्येक महिना १ हजारका दरले १० महिनासम्म पोषण भत्ता उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । छथरजोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छत्रबहादुर सुब्बाले पदभार ग्रहण गर्दै छथरजोरपाटी गाउँपालिकामा स्थायी बसोबास गर्ने र स्वाथ्य संस्थामा नियमित गर्भवती जाँच गराउने महिला लाई आमा र बच्चाको स्वाथ्मा सुधार होस भन्ने लक्ष्यका साथ प्रोत्साहन स्वरुप पोषणयुक्त खानाका लागि उक्त कार्यक्रम ल्याइएकोे जानकारी दिए ।
यसले गर्भवती महिला लाई नियमित स्वाथ्य जाँचका लागि प्रोत्साहन गर्ने र गर्भवती महिला र बच्चाको स्वाथ्यमा समेत सकारात्मक प्रभाव पर्ने अध्यक्ष सुब्बाको भनाइ थियो । सुब्बाले यो विषयलाई आफ्नो घोषणपत्रमा समेत समेट्नु भएको थियो ।

-विकास घिमरे

प्रतिक्रिया दिनुहोस्