धादिङमा एमाले खुम्चियो कम्युनिस्टको भोटमा कांग्रेस चम्कियो «

धादिङमा एमाले खुम्चियो कम्युनिस्टको भोटमा कांग्रेस चम्कियो

गजुरी – धादिङ जिल्ला एमालेको किल्लाका रुपमा परिचत छ । पहिलो पटक वामदेव गौतमको नेतृत्वमा एमाले विभाजन हुँदा खासै प्रभाव नदेखिएको धादिङमा दोस्रो पटक माधवकुमार नोपलको नेतृत्वमा एमाल विभाजन गरी एकीकृत समाजवादी बनाएपछि एमालेले क्षति व्यहोर्नु प-यो ।
क्षति व्यहोर्नु पर्ने कारण संस्थापक नेताद्वय राजेन्द्र प्रसाद पाण्डे र गुरु प्रसाद बुर्लाकोटीले समाज राज्नु हो । अर्का शालिन, भद्र र विद्वान नेता गंगालाल तुलाधर पनि एकीकृत समाजवादीमा लाग्नुले एमाले खुम्चिन पुगेको हो । एकीकृत समाजवादी र माओवादी केन्द्रको भोटमा कांग्रेस चम्किएको छ । अघिल्लो स्थानीय तहको चुनावमा माओवादी केन्द्रसंग मात्र आंशिक तालमेल गठन कांग्रेस र मावादी केन्द्र दुवैले अपेक्षित नतिजा ल्याउन सकेको थिएन । तर, यस पटक एमाले विभाजन हुँदा एमाले कमजोर मात्र भएन एमालेबाट विभाजित एकीकृत समाजवादी समेत पाँच दलिय गठबन्धनमा रहेको एमाले खुम्चियो । माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत भोटले कांगे्रस चम्कियो ।
जिल्लामा १३ पालिका १ सय ४ वडा छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नेपाली कांगे्रसले सात पालिका अध्यक्ष/प्रमुख, पाँच उपाध्यक्ष/उपप्रमुख र ३६ वटा वडाध्यक्षमा विजय हासिल गरेको छ । माओवादी केन्द्रले तीन पालिका अध्यक्ष/प्रमुख, पाँच उपाध्यक्ष/उपप्रमुख र ३२ वडाध्यक्षमा विजय हासिल गरेको छ । विभाजनको प्रत्यक्ष असर भोगेको एमालेले दुई पालिका अध्यक्ष र २१ वटा वडाध्यक्ष जितेको छ । यसैगरी एकीकृत समाजवादीले एक नगर प्रमुख, तीन उपाध्यक्ष र छ वटा अध्यक्ष जितेको छ । यस पटकको स्थानीय तह निर्वाचनको परिणामले नेपाली कांग्र्रेसलाई पहिलो र माओवादी केन्द्रलाई दोश्रो स्थानमा पु-याएको छ । यसअघि रुवीभ्याली गाउँपालिका अध्यक्ष उपाध्यक्ष जितेको राप्रपा यसपाली अध्यक्ष/उपाध्यक्षविहीन भएको छ ।
खनियावास गाउँपालिका अध्यक्षमा नेपाली कांगे्रसका उम्मेदवार रणबहादुर तामाङ १६०९ मत प्राप्त गरी विजय हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार फूल बहादुर तामाङले १३९६ मत पाएकाछन् । उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सेकेमान तामाङले १८३७ मत प्राप्त गरी विजय हुँदा राप्रपाका मरियम तामाङले १२३७ मत प्राप्त गरेकाछन् । वडा अध्यक्षहरू राप्रपा उम्मेदवार वडा नम्वर १ बाट सोनामबहादुर तामाङ, २ नं.बाट अरुण कुमार पाख्रिन, ३ नं.बाट कमान सिङ तामाङ, नेपाली कांगे्रसका उम्मेदवार वडा नं.४ बाट लिलामान तामाङ र एमालेका उम्मेदवार ५ नं.बाट रविन तामाङले विजय हासिल गरेकाछन् ।
यसैगरी गंगाजमुना गाउउपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भक्त बहादुर लामाले ६२६२ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भक्त बहादुर लामिछानेले ४०५० मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार रामेश्वर सिंखडाले ५०३८ मत प्राप्त गरी विजय हासिल गर्दा निकटतम एमालेकी उम्मेदवार एन्जिला तामाङले ४१९६ मत प्राप्त गरेकी छिन् । माओवादी केन्द्रका उम्मेदवार वडा नं. १ बाट बहादुर तामाङ, वडा नं. ५ बाट कुमार अधिकारी, नेपाली कांंगे्रस उम्मेदवारले बडा नं. २ बाट बलबहादुर तामाङ बडा नं. ३ बाट राजकुमार गुरुङ, एमालेका उम्मेदवार वडा नं. ४ बाट प्रमे बहादुर घले, वडा नं. ६ बाट रमेश ढकाल, एकीकृत समाजवादीका उम्मेदवार वडा नं. ७ बाट रविन अधिकारी विजय हासिल गरेकाछन् । यसैगरी गजुरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार गणेशलाल श्रेष्ठले ६३०८ मत प्राप्त गरी विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी एकालेका उम्मेदवार राजेन्द्र विक्रम बस्नेतले ४०५१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांगेसकी समिर्ला विसुरालले ५ हजार ६९९ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार भगवती खतिवडाले ३ हजार ५९२ मत हासिल गरेकीछिन् । माओवादी केन्द्रका उम्मेदवार वडा नं. १ बाट तारा नाथ भण्डारी, वडा नं. ५ बाट गाविन्द लामिछाने, वडा नं. ६ बाट भक्तबहादुर तामाङ, वडा नं. ७ बाट बद्री प्रसाद जम्कटेल र वडा नं. ८ बाट देवराज ओझा विजय भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार वडा नं. २ बाट द्रोण कडेंल, वडा नं. ३ बाट ऋषिलाल श्रेष्ठ र वडा नं. ४ बाट सुरेन्द्र प्रजा विजय भएकाछन् ।
यसैगरी गल्छी गाउउपालिकाका अध्यक्षमा एमालेका उम्मेदवार केदारप्रसाद खतिवडाले ७३०९ मत प्राप्त गरी विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवार कृष्णहरी श्रेष्ठले ७०५७ मत हासिल गरेकाछन् । उपाध्इक्षमा नेपाली कांग्रेसका भाईकाजी तिवारीले ७४९४ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार राधा तिमिल्सिनाले ७०७८ मत हासिल गरेकी छिन् । वडा अध्यक्षहरूमा एमालेका उम्मेदवार वडा नं. १ बाट यदुकुमार खतिवडा वडा नं. १ बाट षढानन्द खनाल, वडा नं. ७ हरिप्रसाद खतिवडा विजय भएकाछन् । माओवादी केन्द्रका उम्मेदवार वडा नं. ३ बाट राजन भुजेल, वडा नंं ५ बाट सरोज तामाङ र नेपाली कांग्रेसका उम्मेदवार वडा नं. ४ बाट राजु अधिकारी, वडा नं. ६ बाट दीपक कार्की, वडा नं. ८ विशाल लुङ्गेली मगर विजय भएकाछन् ।
ज्वालामुखी गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार यमनाथ दनैले ८ हजार ३४ मत प्राप्त गरी विजय हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरिराम लोहनीले ५ हजार ४९९ मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार धर्मबहादुर अर्यालले ६ हजार ४४५ मत प्राप्त गरि विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार चन्द्रकुमारी अधिकारीले ४ हजार ७७१ मत प्राप्त गरेकिछिन् । वडा अध्यक्षहरूमा एमालेका उम्मेदवार वडा नं. १ बाट कृष्ण गरी, कांग्रेसका उम्मेदवार वडा नं. २ बाट राजु लोप्पा, ३ बाट उमेश श्रेष्ठ, वडा नं. ५ बाट टंक प्रसाद काप्री, वडा नं. ६ बाट किशोर सेढाई वडा नं. ७ बाट ज्ञानेन्द्र प्रसाद खकुराल र कांग्रेसकै उम्मेदवारको विरुद्धमा वागी बनेका स्वतन्त्र उम्मेदवार वडा नं. ४ बाट कृष्ण बहादुर गुरुङ विजय भएकाछन् ।
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार राजु उप्रेती ६७७१ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी उमेशकुमार थापाले ५१२६ मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार देवराज धरेलले ६०३४ मत ल्याई विजेता वन्दा एमालेकी उम्मेदवार निकटतम प्रतिद्वन्द्वी संगिता कुमालले ५२१० मत प्राप्त गरेकीछिन् । वडा अध्यक्षहरूमा कांग्रेस उम्मेदवार वडा नं. १ बाट भीमप्रसाद भट्ट, एमालेका उम्मेदवार वडा नं. २ बाट कृष्णबहादुर खत्री, वडा नं. ३ कमल बहादुर थापा, माओवादी केन्द्रका उम्मेदवार वडा नं. ४ बाट कपिलदेव सिंखडा, वडा नं. ५ बाट कुश बहादुर सिटौला, वडा नं. ६ बाट हरिबहादुर विश्वकर्मा वडा नं. ७ बाट सुवास अधिकारी निर्वाचित भएकाछन् । यसैगरी थाक्रे गाउँपालिका अध्यक्षमा रामकुमार आर्चाय १०३५५ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी रामप्रसाद विडारीले ८११६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार यन्त्रबहादुर थापाले ९४३१ मत ल्याई विजय हुदा निकटतम प्रतिद्वन्द्वी अम्विका रुपाखेतीले ९०९१ मत प्राप्त गरेकीछिन् । वडा अध्यक्षहरूमा एमालेका उम्मेदवार वडा नं. १ बाट श्यामसुन्दर थापा , वडा नं ५ सन्त बहादुर तामाङ, वडा नं. ७ बाट युवराज खतिवडा, वडा नंं ९ बाट श्यामचन्द्र आर्चाय वडा नं. १० बाट गोकुल प्रसाद लामिछाने, माओवादी केन्द्रका उम्मेदवार वडा नं. २ टिकाराम तामाङ, वडा नं. ३ विजय तामाङ वडा नं. ४ आसाराम तामाङ वडा नं. हिराबहादुर थापा, नेपाली कांग्रेसका उम्मेदवार सुर्दशन पाण्डे, एकीकृत समाजवादीका उम्मेदवार प्रेमकुमार थापा निर्वाचित भएका छन् ।
धुनीवेसी नगरपालिका प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण आर्चायले ८ हजार ७०६ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एमालका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५९२ मत प्राप्त गरेकाछन् । उपप्रमुखमा नेपाली कांगे्रका उम्मेदवार सुरज उप्रेतीले ८ हजार ३८७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मन्दीरा श्रेष्ठले ६४७० मत प्राप्त गरेकि छिन् । वडा अध्यक्षहरूमा माओवादी केन्द्रका उम्मेदवार वडा नं. १ बाट मान बहादुर तामाङ, वडा नं. ६ बाट रमेश आर्चाय, वडा नं. ८ बाट रामकृष्ण रेग्मी, एकीकृत समाजवादीका उम्मेदवार वडा नं. २ बाट लक्ष्यजित तामाङ, वडा नं. ४ बाट हरि सुवेदी, माओवादी कांग्रेसकय उम्मेदवार वडा नं. ३ प्रकाश हमाल वडा नं. ७ बाट यदुनाथ पाठक, वडा नं. ९ बाट माधव प्रसाद सिलवाल र कांग्रेसबाट गठवन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवार दिएका वडा नं. ५ बाट विशाल भट्टराई विजय भएकाछन् । यसैगरी नीलकण्ठ नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार भीमप्रसाद ढुंगानाले १४ हजार ५७५ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गंगा श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गरेकी छिन् । उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार दीपक विश्वकर्माले ९ हजार ६९३ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी फन्द्रा तामाङले ७ हजार ९१३ मत प्राप्त गरेकाछन् र नेपाली काग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेकी कल्पना अधिकारीले ४६२२ मत प्राप्त गरेकी छिन् । वडा अध्यक्षहरूमा माओवादी केन्द्रका अम्मेदवार वडा नं. १ बाट गणेशबहादुर गरुङ, ध्वज बहादुर गुरुङ वडा नं. ५ बाट राम बहादुर श्रेष्ठ, वडा नं. १४ बाट नमराज दुवाडी, एमालेका उम्मेदवार वडा नं. ४ बाट हरि बहादुर श्रेष्ठ, कांग्रेसका उम्मेदवार वडा नं. ६ बाट भुपेन्द्र श्रेष्ठ, वडा नं. ७ बाट गौतमहरी अधिकारी, वडा नं. ९ बाट राजन बराइली, वडा नं. १० बाट सरोज पाण्डे, वडा नं. ११ बाट राम बहादुर श्रेष्ठ वडा नं. ११ राजकुमार भण्डारी वडा नं. १३ बाट सोम बहादुर गुरुङ, कांग्रेसकै उम्मदवारविरुद्ध वागी उम्मेदापवरी दिएका स्वतन्त्र उम्मेदवार वडा नं. ३ बाट राजकुमार श्रेष्ठ, वडा नं. ८ बाट प्रशाक श्रेष्ठ विजय भएकाछन् ।
नेत्रावती दवजोङ गाउउपालिका अध्यक्षमा मेघनाथ रिजालले २ हजार ५४२ मत प्राप्त गर िविजय हुँदा किटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उमिर्ला तामाङ गुरुङले १ हजार ६८३ मत प्राप्त गरेकी छिन् । उपाध्यक्षमा कांग्रेसकी सितामाया गुरुङले २७८६ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी विनाकुमारी म्म्पा तामाङले १ हजार ६८३ मत प्राप्त गरेकीछिन् । वडा अध्यक्षहरूमा कांग्रेसका उम्मेदवार वडा नं. १ बाट ठाकुर गुरुङ वडा नं. २ बाट मिन बहादुर तामाङ वडा नं. ३ बाट सुरेश गुरुङ वडा नं. ५ बाट अधि अधिकारी, एमालेका उम्मेदवार वडा नं. ४ बाट तिल बहादुर गुरुङ विजय भएका छन् । बेनीघाट रोराङ गाउँपालिका अध्यक्षमा कृष्णबाहदुर थपलियाले ७ हजार ६८० मत गरी विजय हुँदा प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार देव प्रसाद त्रिपाठीले ५०७२ मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा एकीकृत समाजवादीका टाप बहादुर श्रेष्ठले ५९०१ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी हिरा रग्मीले ४६६७ मत प्राप्त गरेकीछिन । वडा अध्यषहरू नेपाली कांग्रेसका उम्मेदवार वडा नं. १ बाट जीवन सिंङ तामाङ वडा नं. १० वाट विकास प्रजा, माओवादी केन्द्रका उम्मेदवार वडा नं. २ हेमराज भुजेल, वडा नं. ४ वाट राजुबहादुर मगर, वडा नं. ५बाट शोसन कुमार सिलवाल, वडा नं. ६ बाट टेकनाथ सिलवाल वडा नं. ७ बाट कुमार बस्नेत, वडा नं. ८ बाट राजकुमार श्रेष्ठ एमालेका उम्मेदवार वडा नं. ३ बाट भुवन त्रिपाठी, वडा नं. ९ बाट देवी बहादुर खड्का विजय भएकाछन् ।
यसैगरी रुवीभ्याली गाउउपालिका अध्यषमा माओवादी केन्द्रका उम्मेदवार राम सिङ तामाङ २ हजार ७९२ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार गोम्वा घलेले २ हजार ५९७ मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा कांग्रेसका उम्मेदवार फे लामा तामाङले २ हजार ९०३ मत प्राप्त गरी विजय हुदा निकटतम प्रतिद्वन्द्वी राप्रपाकी धनकुमारी तामाङले २ हजार १३२ मत प्राप्त गरेकिछिन् । वडा अध्यक्षहरूमा कांग्रेसकय उम्मेदवार वडा नं. १ बाट पम्वार तामाङ वडा नं. ५ बाट रम्ब तामाङ, एककीकृत समाजवादीका उम्मेदवार वडा नं. २ रुप्पा घले, वडा नं. ६ समीर गुरुङ , जनता समाजवादीका उम्मेदवार वडा नं. ३ बाट फेदोजे तामाङ, राप्रपाका उम्मेदवार वडा नं. ४ बाट प्रशान्त तामाङ विजय भएकाछन् ।
सिद्धलेक गाउउपालिका अध्यक्षमा कांग्रेसका परशुराम खतिवडाले ७ हजार ९५६ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी एकालेका उम्मेदवार प्रेमनाथ सिलवालले ६ हजार १७१ मत प्राप्त गरेकाछन् । उपाध्यक्षमा एकीकृत समाजवादीकी उम्मेदवार सविता अर्यालले ७ हजार ३३२ मत प्राप्त गरी विजय हुँदा निकटतम प्रतिद्वन्द्वी कमला शर्माले ६ हजार २९२ मत प्राप्त गरेकीछिन् । वडा अध्यक्षहरूमा माओवादी केन्द्रका उम्मेदवार वडा नं. १ बाट पेमा लामा वडा नं. २ बाट बुधे घले, कांग्रेसका उम्मेदवार वडा नं. २ बाट सागर गूरुङ वडा नं. ७ बाट सानो गिरी, एमालेका अम्मेदवार वडा नं. ३ बाट देवबहादुर पुलामी वडा नं. ४ बाट प्ंक बहादुर थापा वडा नं. ६ बाट सुरेन्द्रकुमार मगर विजृ भएकाछन् । यसैगरी १०४ वडा खुला, दलित, महिला सदस्य गरी ४१६ सदस्यहरूमा कांग्रसले १६३ , माओवादी केन्द्रले १२२, एमालेले ९४ एकीकृत समाजवादीले २२ राप्रपाले ७ र स्वतन्त्रले ४ सदस्यहरू जितृकाछन् ।

प्रतिक्रिया दिनुहोस्