सुर्खेतका पालिका प्रमुखको प्राथमिकता सुशासन र सेवा प्रवाह «

सुर्खेतका पालिका प्रमुखको प्राथमिकता सुशासन र सेवा प्रवाह

सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुखहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले आइतबार शपथ खुवाएका हुन् ।
पाँच नगरपालिका मध्य वीरेन्द्रनगर नगरपालिकामा मोहनमाया भण्डारी ढकाल, लेकवेशी नगरपालिकामा उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकामा यज्ञप्रसाद ढकाल, ञ्चपुरी नगरपालिकामा लालबिर भण्डारी र गुर्भाकोट नगरपालिका प्रमुखमा हस्त पुन रहेका छन् ।
यस्तै चार गाउँपालिका रहेकोमा चिंगाड गाउँपालिकामा बोधविक्रम जिसी, सिम्ता गाउँपालिकामा ऐनबहादुर चन्द बराहताल गाउँपालिकामा भीम भण्डारी र चौकुने गाउँपालिकाका अध्यक्ष खड्क वि.क. रहेका छन् । मुख्य निर्वाचन अधिकृतबाट सपथ ग्रहण गरेका प्रमुखहरुले आफ्नो पालिकाका उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई सपथ खुवाउने छन् ।
सपथ ग्रहण पश्चात नव निर्वाचित प्रमुखहरुले विकास, सुशासन, सेवा प्रवाहलाई प्राथमिकतमा राखेर काम गर्ने प्रतिक्रिया दिएका छन् । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुशासन आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताए ।
चिंगाड गाउँपालिकाका अध्यक्ष बोध विक्रम जिसीको भने गाउँपालिका मातहतबाट प्रवाह गरिने सेवालाई चुस्त दु्रस्त र सेवाग्राहीमैत्री बनाउने कुरामा पहिलो प्राथमिकता दिने सोच छ । सामाजिक सुरक्षा वडाबाट वितरण गर्ने तथा शिक्षा, स्वास्थ्य र उत्पादनमुखि कार्यक्रमलाई जोड दिने जिसीको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी नगरपालिका हो । वीरेन्द्रनगरमा दिनानु दिन बढी रहेको जनसंख्या, सवारी तथा फोहोर व्यवस्थापन यहाँका चुनौती छन् । यीनै कुरालाई मध्य नजर गरेर अल्पकालिन र दिर्घकालिन योजनाका साथ काम गर्ने मेयर मोहनमाया भण्डारी ढकाललको योजना छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको भएपनि बराहताल गाउँपालिका विकासका हिसाबले निकै पछाडी छ । बराहताल गाउँपालिकालाई समृद्ध बनाउनका लागि सधैँ दृढ भएर लाग्ने अध्यक्ष भीम भण्डारीको भनाइ छ । यस्तै चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले योजना छनौट देखि गाउँपालिकाका विकास निर्माण प्रक्रियामा जनताको सहभागितालाई प्राथमिकता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्