पेट्रोल लिटरको १८०, ग्यास १८०० «

पेट्रोल लिटरको १८०, ग्यास १८००

सरकारले १० दिनभित्रै पेट्रोल, डिजेल, मटीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो । बढेको मूल्य आइतबार राति १२ बजेबाट लागू हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले यसअघि ३१ वैशाखमा पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मटीतेल १६३ रूपैयाँ पर्ने निगमले जनाएको छ । साथै, खाना पकाउने एलपी ग्यासको १८ सय पर्छ भने हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६ पुगेको निगमले जनायो ।
भाउ बढाउँदा पनि पेट्रोलमा अझै १४ रुपैयाँ ६४ पैसा प्रतिलिटर तथा डिजेलमा २६ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यासमा ८७९ रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको दाबी छ । मूल्य समायोजनपछि पनि निगमलाई एक महिनामा सात खर्ब ४० करोड घाटा रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्