टेलिकमको फोरजी चलाउनेको संख्या एक करोडभन्दा बढी «

टेलिकमको फोरजी चलाउनेको संख्या एक करोडभन्दा बढी

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड भन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरणअनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो ।
यस अवधिमा कम्पनीका थ्रिजी ग्राहक ९४ लाख ८२ हजार ५८० छन्। समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ छन् । बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन् । अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्रिजी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ थियो ।
टेलिकमले नेपालमा नै पहिलो पटक १७ पुस २०७३ बाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी/एलटिई सेवालाई १५ असोज २०७६ देखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।
फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्छ भने फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्