सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि «

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल गल्फ टुर २०२१/०२२ अन्तर्गतको अन्तिम स्पर्धा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको गोकर्ण गल्फ क्लबको ग्लेनइगल डिजाइनमा हुँदैछ ।
प्रतियोगिता ९ देखि १२ जेठसम्म ७२ होल फर्म्याटमा खेलाइनेछ भने दोस्रो राउन्ड (३६ होल) पछि कट लाग्नेछ । टाईसहित शीर्ष २१ प्रोफेसनल र ६ जना एमेच्योर अन्तिम ३६ होलहरूमा यात्रा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चालिस भन्दा बढी प्रोफेसनल खेलाडीले १४ लाख ६१ हजारको पुरस्कारको लागि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । यस सिजनको ग्राण्ड फिनालेको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ५५ हजार, तेस्रो हुनेले १ लाख १० हजार, चौथो हुनेले ९५ हजार र पाँचौं हुनेले रु ८७ हजार पाउनेछन्। शीर्ष २१ भित्र पर्ने अन्यले पनि नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा १२ जना एमेच्योरहरूले प्रोफेसनलहरूसँग खल्ने छन् ।
पहिले पनि पुरस्कार राशी जितेका नेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई र १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ प्रतियोगिताका प्रबल दावेदार हुन् । सद्भाव आचार्य, टाशी छिरिङ, वाङ्चेन धोन्डुप भने एमेच्योर ट्रफीका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–अम ८ जेठ आइतबारका लागि तय गरिएको छ । २० प्रोफेसनल गल्फर र ७५ एमेच्योर एक रोमाञ्चक फर्म्याटमा टि–अफ गर्नेछन् जसले कर्पोरेट एमेच्योर गोल्फरलाई अत्यावश्यक एक्सपोजर दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्