स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता «

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज र भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्युआर र फर्स्ट पे क्युआरबीच अन्तर आबद्धताको लागि सम्झौता भएको हो ।
स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत् नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप सो सम्झौता सम्पन्न भएको हो ।
बिगत २० वर्षदेखि कार्ड लगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र युनियन पेमा आबद्ध भुक्क्तानी संयन्त्रमार्फत कारोबार गर्न सकिने क्युआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिजबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने विस्वास लिइएको छ ।
सम्झौतासँगै फर्स्ट पे क्युआरको सुविधा लिएका पविभिन्न व्यापार–व्यवसायलाई स्मार्ट क्युआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ एप मार्फत ग्राहकहरूले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन् । स्मार्ट क्युआर मार्फत भुक्तानी लिँदै आएका व्यापार–व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकमार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्