सेन्साईको नयाँ वर्ष योजनाका विजेता सार्वजनिक «

सेन्साईको नयाँ वर्ष योजनाका विजेता सार्वजनिक

जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी ल्याएको योजनाका विजेता घोषणा गरिएको छ ।
‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजनाअन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत बम्पर उपहारमा यामाहा एफजी बाइक र एप्पल म्याकबुक एयर ल्यापटप, एप्पल आइफोन १३ र एप्पल आइप्याड जित्न सकिने कम्पनीले जनाएको छ । सोही योजनाअन्तर्गत पहिलो लक्की ड्रको विजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिएको थियो ।
पहिलो लक्की ड्रको विजेता सौरहिया बुटवलका रामशुभन थारु भएका छन् । उनले एप्पल आइफोन १३ (२५६ जीबी) जितेका छन् । उनले फर्साटेकर बुटवलको ओएस एलेक्ट्रोनिक्समार्फत सेन्साईको रेफ्रिजेरेटर खरिद गरेका थिए ।
सोही योजनामा लक्की ड्रमार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरु घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ । यो योजनाको लक्की ड्रमा सहभागी हुन सेन्साईका कुनै पनि सामानको खरिदपश्चात ग्राहकहरुले सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।
कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ । सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको जनाएको छ । नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।
सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्