एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम «

एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

एनआईबीएल एस क्यापिटलले झपाको बिर्तामोडमा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाको सम्बोधन गरेको कम्पनीले जनाएको छ । साथै धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत कार्यक्रममा छलफल गरिएको थियो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न प्रदेशमा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सफलतापूर्वक गरिसकेको छ ।
कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने समेत क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्