बैंक अफ काठमाण्डू र फिल गुड बारबीच सम्झौता «

बैंक अफ काठमाण्डू र फिल गुड बारबीच सम्झौता

बैंक अफ काठमाण्डू र फिल गुड बार एण्ड ग्रिलबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, पिओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट व्यवस्था गरिएको छ ।
फिल गुड बारले एयरपोर्ट मोड बिराटनगरबाट सेवा दिइरहेको छ । बैंक अफ काठमाण्डूले हाल ९७ शाखा कार्यालयहरु, ९३ एटीएम र १० एक्स्टेन्सनमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्