सुर्खेतको मयलकुनामा गार्डेन मार्टको शाखा सञ्चालन «

सुर्खेतको मयलकुनामा गार्डेन मार्टको शाखा सञ्चालन

सुर्खेत– शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट ८ मेहलकुनामा सहकारीको २७औं शाखा तथा गार्डेन मार्टको १८औं शाखा सञ्चालनमा ल्याएको छ ।
गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र उपप्रमुख मैना विकले संयुक्त रुपमा शाखा सञ्चालनको शुभारम्भ गरे । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने र सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकारी र मार्टको शाखा सञ्चालनमा ल्याइएको हो ।
शाखा शुभारम्भको अवसरमा गुर्भाकोट नगरपालिकाका प्रमुख पुनले सहकारी र मार्ट दुवैकोे सञ्चालनले स्थानीय नागरिकलाई आधुनिक सेवा लिन सजिलो हुने विश्वास व्यक्त गरे ।
सहकारीका सुर्खेत प्रमुख चन्दन थापाका अनुसार मार्टमा दैनिक उपभोग्य वस्तु, चामल, चिनी, दाललगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौना उपलब्ध छन् । यसका अलवा महिलाहरुका लागि श्रृंगारका सामग्री, घरायसी विद्युतीय सामग्रीपनि मार्टमा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्