बलात्कार आरोपी पाण्डे पक्राउ «

बलात्कार आरोपी पाण्डे पक्राउ

सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे काठमाडौँको स्वयम्भुबाट पक्राउ परेका छन् । पाण्डेलाई नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो ।
एक युवतीले ८ वर्षअघि आफूमाथि बलात्कार गरेको भिडियो सार्वजनिक भएपछि उनको खोजी भएको थियो । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । गृह मन्त्रालयले पनि छानबिन प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।


कारबाहीको माग गर्दै प्रदर्शन
सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन । बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ । बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्