संखुवासभामा स्थानीय तह निर्वाचन सुरक्षार्थ खटिएका म्यादी प्रहरीको बिदाइ गरिँदै । तोकिएको कार्यक्षेत्रमा खटी निर्वाचन कार्यलाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ८४५ जना म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा लगायतले धन्यवाद सहित प्रमाणपत्र वितरण गरेर बिदाइ गरेका थिए । तस्बिर : रासस