Logo

राजकुमार महतोसँग महेन्द्र महतो पराजित भएपछि पासवानले केश काटे

सर्लाही – सुन्दा हेर्दा नै आश्र्चय लाग्ने घटना शनिबार सर्लाहीको चन्द्रनगरगाउँपालिकामा सार्वजनिक भएको छ । चन्द्रनगरगाउँपालिका–७ बस्ने एक स्थानीयबासीले गाउँपालिका अध्यक्षमा पराजित भएपछि मुण्डन गराएका छन् ।
स्थानीय नागेन्द्र पासवानले ८ महिना पहिले महेन्द्र महतोबाट पीडित भएर वडा नं. ७ कै शिव मन्दिरमा गएर महतो पराजित भएपछि आफ्नो मुण्डन गर्ने भाकल गरेका थिए । भाकल पूरा भएपछि पासवानले आज आफ्नो मुण्डन गराएको छ । करिब ८ महिनादेखि कपाल र जुँगा, दाह्री नकाटी पासवान बसेका थिए । पासवान हिँडडुल गर्दा मानसिक सन्तुलन गुमाएकै मानिस जस्तै कपाल, दाह्रीजुँगा देखिएको थियो । स्थानीय तह निर्वाचनमा महतो लोकतान्त्रिक समाजवादी पार्टी बाट आफनो उम्मेदवारी दिएका थिए । मतगणना परिणाममा महतो नेपाली कांग्रेसका उम्मेदवार राजकुमार महतोसँग पराजित भएपछि पासवानले नाढी तालमा रहेको शिव मन्दिरमा आफूले गरेको भाकलअनुसार ५० किलो लडु शिव मन्दिरमा चढाइ पूजापाठ गरी टाउकोको कपाल, दाह्री र जुँगा खुसी भएर काटेको बताए ।
स्थानीय तह निर्वाचन २०७४ मा महेन्द्र महतो निर्वाचित भएपछि पासवानलाई मासिक १५ हजार दिने भन्दै कार्यालय सहयोगीका रूपमा करार नियुक्ति दिएका थिए । पासवानलाई नियुक्तिपश्चात् २०७४ सालका तत्कालिनगापाअध्यक्षकका स्वकीय सचिव राम कैशाल साहको घरमा काम लगाइन्थयो, नाला, शौचालयलगायत विभिन्न कार्य गराउँदा पनि भनेको पारिश्रमिक नदिएर मासिक १२ हजार दिने गरेकोले पासवानले गापा अध्यक्षको स्वकीय सचिवबाट पिडित भएर जागिर छोड्नु परेको थियो ।

त्यस्पछि पासवान रोजगारीको शिलशिलामा भारत गए । भारत बाट फर्केपछि पासवान पुनः घर आउँदा करिब ९ महिना पहिले पुनः मासिक १० हजार दिने गरी कार्यालय सहयोगीको नियुक्ति पाए । कार्यालय सहयोगीमा पासवानलाई पुनः महतोका स्वकीय सचिव साहले पुरानै व्यवहार गरेपछि पासवानले जागिर छोडेर शिव मन्दिरमा त्तकालिनगापा अध्यक्ष महतो हार्ने भाकल ग-यो । महतो हारेपछि आफुले ५० किलो लडु शिव मन्दिरमा चढाउने, चोखो भएर आफनो कपाल, दाह्री र जुँगा काट्ने भाकल गरेकाले भाकल पूरा भएपछि शनिबार आफ्नो मुण्डन गराएको पासवान बताए । आज मेरो खुसीको सीमा नै छैन महेन्द्र महतो हारेपछि अहिले पर्व जस्तै मेरो उत्सव भएको पासवानले बताए । महेन्द्र महतो जो सँग पराजित भए पनि मेरो भाकल पूरा भएको छ, आफूले खसीले गदगद भएर नै मुण्डन गराएको पासवानले बताए । पासवान सनपापरी बेचेर आफ्नो दैनिक गुजार गरिरहेको छ । पासवानको ७ छोरी, एक श्रीमती गरी ९ जनाको परिवार रहेको छ ।

महेन्द्र महतो लासपाका वरिष्ठ नेता राजेन्द्र महतोको दाई हुनुहुन्छ । महतो आफ्नै गाउँले राजकुमार महतोसँग पराजित भएपछि पासवानले आफ्नो भाकलअनुसार शनिबार मुण्डन गराएको स्थानिय उमेश साहले जानकारी दिए । मुण्डन गर्ने स्थलमा नव निर्वाचित गाउँपालिका अध्यक्ष राजकुमार महतोलगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्