Logo

घण्टा छोएर भष्टाचार गर्दैन् भन्दै पदभार गरे नगरप्रमुखले

मुगु -एक नगरपालिकाका तीन गाउँपालिका रहेको मुगु जिल्ला हो । जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थापमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुर देवताको मन्दिरका घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।
आफ्नो ५ वर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगरप्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन् । भामले जनताको नाममा आएको रकम प्रतिनजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटोछरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका २ वटा घण्टा छोएर पदभार सम्हालेका हुन् । नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने, ५ बर्षको पारिश्रमिकबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने साथै नगर बस सञ्चालनमा ल्याउने प्रतिबद्धता गरेका छन् । नगरका सम्पूर्ण वस्तीमा विद्युत् सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरबासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् ।
उनी २०७४ सालको स्थानिय तहको चुनाव मा छायाँनाथ रारा नगरपालिकाको ५ नम्बर वडाबाट अध्यक्ष हुँदा पनि ५ बर्षको पारिश्रम रकम नगरका १ देखि १४ वडा मा रहेका सबै बस्तीस्तरका गरिव दलित जेहेन्दारलाई पारिश्रमिक राहतका रूपमा वितरण गरेका थिए ।
यस्तै मुगु जिल्लामा चरम भष्टभार र अक्तियार अनुसन्धा आयोगमा बढी उजुरी पर्ने भनि चिनिएको मुगुको सोरुगाउँपालिकामा हिजो कर्मचारी, जप्रतिनिधि र स्थानीय नागरिकहरूले जापन वा नजानी भष्टाचार भएको हो अव कार्यपालिकाको पहिलो बैठकबाट भष्टाचार नगर्ने पालिकामा विकासका लागि सबै भन्दा पहिलो सडक ,शिक्षा,स्वास्थ्य स्वाच्छा पिउने पानी रहेको घोषणापत्रअनुसार जनता माझ गरिएका वाचा र स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ लाई टेकेर सोरु गाउँपालिकाको विकास गर्ने सोरुगाउँपालिकाका नवनिर्वाचित अध्क्षय धर्मबहादुर शाहीले बताएका छन् ।
जसको नीति उसको नेतृत्व भन्र्ने मूल एजेन्डा नारा लिएर विजय भएको हुँ । मतको कदर गर्ने छौं बिगतको स्थानिय सरकारले निती नियम संघीयताविपरीत काम गरेको छ बिभिन्न संघ सस्थाको नाममा ,रेडियोको नाममा पार्टिका कार्यकर्ता पालन पोषण भएको छ सबै भन्दा पहिले यसलाई सुधार गरी । संघीयताको टकमा ल्याउर्ने छु । त्यसपछि स्वास्थ्य शिक्षा, सडक, विद्युत्लगायत कृषि क्षेत्रको बिकासमा जोड दिर्ने पहिलो काम हुँर्ने खत्याड गाउँपालिकाका नवनिवार्चि अध्क्षय अजबहादुर शाहीे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्