Logo

एसिया चीनको पोल्टामा सुम्पदै अमेरिका

वासिङटन-आफ्नो कार्यकालको केबल १ वर्ष मात्रै पुरा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एसियालाई हेर्ने दृष्टिकोणमा भिन्नता ल्याएका छन् ।
एसियामा अमेरिकी सक्तिको जग मानिदै आएको एसिया, जापान, अस्ट्रेलिया र दक्षिण कोरिया सबैले लामो समयको गठबन्धनमाथिको विश्वास र रक्षकमाथिको विश्वासमा थोरै आच आएको पाएको ग्यालपको सर्वेक्षणले देखाएको छ ।
कुनैपनि सैन्य सक्ति फिर्ता भएको छैन, कुनै पनि राजदूतावास बन्द भएका छैनन् । तर ‘अमेरिका फस्ट’ मा केन्द्रीत भएको अमेरिकी प्रशासनको चासोको अभावले क्षेत्रमा अमेरिकाको स्तरलाई व्यापक हल्लाएको छ ।
“आजभोली जब हामी एसियाको आसपासमा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन्छौ कसैले पनि अमेरिकाको बारेमा कुरा गर्दैन । यो अलिकति आश्चर्य लाग्ने विषय हो,” क्यूसु विश्वविद्यालयको ग्राजुएट स्कुल अफ सोसिया एन्ड कल्चरल स्टडिजका प्राध्यापक चिसुके मासुओले बताइन् ।
क्षेत्रप्रति अमेरिकाका प्रतिबद्धताको अनिश्चितताले स्थानिय नेताहरुलाई एक अर्कासँग सम्बन्ध बलियो बनाउनकाम लागि प्रेरित गरेको छ । अमेरिका लामो समयसम्म आफ्नो समर्थक नहुने देखिएपछि उनीहरुले एक अर्काको सम्बन्ध बलियो बनाउनका लागि प्रेरित भएका हुन् ।यसैबीच क्षेत्रमा देखा परेका केही घटनाले अमेरिकाको गठबन्धनसँगको प्रतिबद्धताको परिक्षण गर्न सक्छ । मासुओका अनुसार चीनले यो तनावलाई क्षेत्रिय सर्वोच्चतामा आफ्नो स्वार्थको रुपमा प्रयोग गर्न सक्छ ।
“२०२१ को जुलाईमा चिनियाँ कम्यूनिस्ट पार्टिको १ सयौ वार्षिक दिवन मनाउने क्रममा चिनियाँ राष्ट्रपती सि जिनपिङले चीन एसियामा सर्वोच्च सक्तिको रुपमा उदाउको बारेमा बताउन सक्छन्,” उनले बताइन् ।
“अमेरिकाले ३ वर्षपछि आफ्नो एसिया नीतिका बारेमा परिवर्तनको इच्छा व्यक्त गर्न सक्छ । तर यो सम्भव होला भन्ने विषयमा म चिन्तित छु,”मासुओले थपिन् । “चीनले एसिया–प्रशान्तमा पुरै अन्तर्राष्ट्रिय अवस्थालाई पुनर्संरचना गर्दैछ ।”
दक्षिण चिनियाँ सागरमा नियन्त्रणका लागि भए जस्तै संघर्ष अमेरिका र चीनबीच दक्षिणपूर्वी एसियाको कुनै पनि क्षेत्रमा हुने छैन ।ट्रम्पको गद्धि आरोहणसँगै वासिङटन र बेइजिङको ध्यान कोरियाली प्रायद्विपमा रहेको उत्तर कोरियातर्फ गएकाले अन्य क्षेत्रमा अमेरिका र चीनबीचको तनावमा गिरावट आएको आईएसईएएएस युसोफ इसाक इन्सटिच्यूटकमा वरिष्ठ फेला आइयान स्टोरीले बताए ।
उत्तर कोरियाको संकटको अवधिमा चीनले दक्षिणी चिनियाँ सागरमा आफ्नो उपस्थितिलाई विस्तार गर्न रोकेको छैन । विमानका लागि आधार तयार पारेर र राडरको जडानको माध्यमबाट यो क्षेत्रमा चीनले आफ्नो उपस्थितिलाई बढाउदै लगेको छ ।
आगामी ३ वर्षको अवधिमा चीनले यो क्षेत्रको विषयमा अमेरिका र दक्षिणपूर्वी एसियाली राष्ट्रहरुबाट तीक्ष्ण प्रतिक्रियाको सामना गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्