राष्ट्रिय वाणिज्य बैंक र अक्षित रिसोर्टबीच सम्झौता «

राष्ट्रिय वाणिज्य बैंक र अक्षित रिसोर्टबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सिन्धुली मूलकोटमा रहेको अक्षित रिसोर्ट एण्ड -याफिटिङबीच छुट दिने सम्झौता भएको छ ।
दुई संस्थाबीच बैंकका ग्राहकलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी बस्नेतले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले डिजिटल माध्यम (मोाबाइल बैंकिङ, एटीएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस)बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ ।
कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु दुर्गाकुमारी कँडेल, सरोज बस्नेत, रिसोर्टका रामप्रसाद नेपाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्