Logo

एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा माईती नेपालका ५३ जना उपस्थित थिए । बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य सेवाको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।
गत वर्ष महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानी गर्न अग्रणी स्थानमा रहेको भन्दै बैंकले नारी सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । माईती नेपालका दिदिबहिनीलाई गरिएको कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउने विस्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्