सामुदायिक विद्यालय स्थापना गर्न नेशनल लाईफ इन्स्योरेन्सको सम्झौता «

सामुदायिक विद्यालय स्थापना गर्न नेशनल लाईफ इन्स्योरेन्सको सम्झौता

नेशनल लाईफ इन्स्योरेन्सले सिन्धुपाल्चोकको थोकर्पा गाउँपालिकामा विद्यालय स्थापना गर्न सहयोग गर्ने भएको छ ।
कम्पनीले सो विद्यालय स्थापना गर्न एक एक पाइला फाउण्डेशनसँग सम्झौत गरेको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुने छ । सो अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पु-याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्