हवाइ टिकट किन्दा आइएमई पेले सुनको सिक्का दिने «

हवाइ टिकट किन्दा आइएमई पेले सुनको सिक्का दिने

आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।
आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली बिजेताले एउटा चाँदीको सिक्का पनि जित्ने कम्पनीको भनाइ छ ।
यो योजना सञ्चालन गर्न कम्पनीले केही सेवा र शर्तहरू निर्धारण गरेको जनाएको छ । जसअनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनामा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्