ग्रीनका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट «

ग्रीनका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट

ग्रीन डेभलमपमेण्ट बैंक र पोखराको अन्नपूर्ण केवलकारबीच छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड वा मोवाइल वैंकिङ मार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले र केवलकार कम्पनीका तर्फबाट कम्पनीका महाप्रवन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । बैंंकका प्रमुख कार्यकारी अधिकृत आचार्यले पोखराको पर्यटन विकासका लागि सञ्चालनमा ल्याइएको केवलकार सुविधा प्रयोग गरि बैंकका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
केवलकार कम्पनीका महाप्रवन्धक पौड्यालले पोखराको फेवाताल र सराङकोटका साथै हिमालको दृश्यावलोकनलाई ध्यान दिएर सुरु गरिएको केवलकार सेवाले पोखराको पर्यटनलाई टेवा पु¥याएको र ग्रीन डेभलपमेण्ट बैंकसँग सम्झौता गरि बैकका ग्राहकलाई सुविधा दिन पाउँदा कम्पनी खुशी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्