Logo

इसेवाको नयाँ योजना

इसेवाले “बिमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक गरेको छ ।
इसेवाले बिमितहरुले घरमै बसेर बिमा शुल्क भुक्तानी गर्न प्रोत्साहनका लागि सो योजना सार्वजनिक गरेको हो । यो योजना५ भदौसम्म सञ्चालन हुने बताइएको छ । यस योजनामा इसेवाबाट कुनै पनि जीवन बिमा कम्पनीको बिमा शुल्क भुक्तानी गर्ने व्यक्ति मध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्ने बताइएको छ । यस्तै उपहार बिजेता बिमितको बिमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् ।
यसैगरी योजना सञ्चालन अवधिभर बिमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोला प्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीको भनाइ छ । यो योजना नेपालमा सञ्चालिन सबै बिमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको जनाएको छ ।
इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढि ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको दावी गरेको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्