Logo

एभरेष्ट बैंकको शाखा लुम्बिनीको परासीमा

एभरेष्ट बैंकले लुम्बिनीको परासीमा ११६औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नवलपरासी चेम्बर अफ कमर्सका अध्यक्ष केशवप्रसाद भण्डारीले संयुक्त रुपमा परासी शाखाको उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य व्यक्ति सहभागी थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले परासीका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे ।
हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकको दावी छ । बैंकले सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्