थप चार बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध «

थप चार बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

थप चार बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो प्रणालीमा थप एक विकास बैंक र तीन वित्त कम्पनीलाई आवद्ध गराइएको छ ।
नेपाल क्लियरिङ हाउसले उपलब्ध गराएको कनेक्ट आइपीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् । मितेरी डेभलपमेन्ट बैंक लि, नेपालफाइनान्स लि, समृद्धि फाइनान्स तथा श्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स कम्पनी उक्त प्रणालीमा थपिएका छन् । यसअघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा आरटिजिएस प्रणाली सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्