क्लासिक टेकको ग्राहक लक्षित नयाँ योजना «

क्लासिक टेकको ग्राहक लक्षित नयाँ योजना

क्लासिक टेकले ग्राहकका लागि टाक्एन प्याकेज ल्याएको छ । तीन हजार तीन सय रुपैयाँमा २२५ एमबिपिएस इन्टरनेट सुविधा ल्याएको हो ।
तीन महिने यो प्याकेजको भ्याटसहित मूल्य तीन हजार सात सय २९ रुपैयाँ पर्ने कम्पनीले बताएको छ । यो प्याकेजमा डुअल ब्याण्ड राउटर पनि निःशुल्क गरिएको छ । तर राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट गर्नुपर्नेछ ।
नयाँ ग्राहकका लागि जडान शुल्क तथा फाइबर शुल्क नलिइने कम्पनीले बताएको छ । कम्पनीले कम मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गरिरहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्