सिटिजन्स बैंक र -याडिसन होटेलबीच समझदारी «

सिटिजन्स बैंक र -याडिसन होटेलबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र -याडिसन होटेल काठमाडौंबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपछि बैंकका कार्डवाहकहरूले लाजिम्पाटस्थित -याडिसन होटेल साथै सो होटेलद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवामा समेत विशेष छुट पाउनेछन् ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्