झिकिँदै फोक्सिङटारको बेलिब्रिज, फेरि जोड्नु नपर्ने अनुमान «

झिकिँदै फोक्सिङटारको बेलिब्रिज, फेरि जोड्नु नपर्ने अनुमान

खोटाङ-खोटाङ र उदयपुरको सिमानाफोक्सिङटारस्थित सुनकोसीनदीमाथि जडान गरिएको अस्थायी बेलिब्रिज ८ जेठदेखि खोल्न सुरु गरिने भएको छ ।
सगरमाथा राष्ट्रिय राजमार्गकोगाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामापर्ने फोक्सिङटारको सुनकोसीनदीमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी–भानुमति–चौधरी जेभीले खोल्नेछ
सडकविभागको ७८ लाख बजेटमा गत पुस १ गते सोही जेभीले बेलिब्रिज जडान गरेको थियो । गतवर्ष ८४ लाखखर्चेर रेग्मीनिर्माण सेवाले बेलिब्रिजजोड्ने र फुकाल्ने काम गरेको दिक्तेल–गाईघाट सडक विभागका योजनाप्रमुखइन्जिनियर गोपालप्रसादखकुरेलले बताए ।
त्यहाँ बेलिब्रिज जडान भएपछि ६ महिना सो रूटबाट उदयपुरको गाईघाट हुँदै तराईसम्मको सीधायातायात सेवा सञ्चालन हुन्छ भने बेलिब्रिजनिकालेपछि ६ महिनादिक्तेलबाट घुर्मी–कटारी–मिर्चैया हुँदै काठमाडौँ र तराई जानुपर्ने बाध्यता छ । मोटरेबल पक्कीपुलको कामनसकिँदा बेलिब्रेज जोड्ने र झिक्ने काममा बर्सेनि राज्यको लाखौँ रकमखर्च हुने गरेको छ ।
खोटाङ सदरमुकामदिक्तेलबाट उदयपुर हुँदै तराई आवतजावतगर्ने सबैभन्दा छोटो रूटमा पर्ने फोक्सिङटारस्थित सुनकोसीनदीमा नौ वर्षअघि ठेक्कालागेको मोटरेबल पुलको कामले यतिबेलाभने गति लिएपछि अबपुनः बेलिब्रिज जडान गर्नु नपर्ने अनुमानगरिएको छ । तेस्रोपटक थपभएको म्याद सकिँदापनिपुलनिर्माणको कामअझै सम्पन्नहुन सकेको छैन । चार वर्षमाबनिसक्नुपर्ने पुल नौ वर्ष नाघ्दासमेत अधुरै छ । मोटरेबल पुलनिर्माण सम्पन्ननहुँदा जिल्लामा काठमाडौं र तराईआवाजावतमा समस्याहुनुका साथै दैनिकउपभोग्य वस्तु्को मूल्यमसेत महँगो पर्ने गरेको जिल्लाबासी बताउँछन् ।
“धेरै काम सम्पन्नभइसकेको छ,” योजनाप्रमुखइन्जिनियर खकुरेलले भने, “अब फेरि बेलिब्रिज जडान गर्नु नपर्ला ।”
सडक विभागको १९ करोड ६० लाख ९ हजार ९ सय ४१ रुपैयाँलगानीमागौरी पार्वती–वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकासशीनदीमाथि १ सय २० मिटर लामो ‘आर्च’ डिजाइनको मोटरेबल पुलनिर्माण गरिरहेको छ । हालसम्मपुलको काममा ८५ प्रतिशतप्रगतिभएको जेभीका सञ्चालक रामकुमार थापाले बताए ।

“एप्रोच रोड जतिसक्दो छिटो तयार हुन्छ । असारको १५/१६ मापुलकोआर्च स्ल्याप ढलान गर्ने योजना छ,” थापाले भने, “ढलान गरेको २१ दिनपछि गाडी गुडाउँछौ ।सम्भवतः साउन १५ गतेदेखि गाडी गुड्छ ।”

प्रतिक्रिया दिनुहोस्