अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छुः अर्थमन्त्री «

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छुः अर्थमन्त्री


अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएक छन् ।
अर्थमन्त्री शर्माले बिहीबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफूले अघिल्लो सरकारले बजेट कार्यान्वय गरिरहेको बताए
मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको बताए । उनले त्यो बेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको पनि बताए । अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको मन्त्री शर्माले बताए । उनले अब सरकारले आफ्ना कुरा, सदनले आफ्ना कुरा र जनताले आफ्ना कुरा नभएर सरकार, सदन र जनताका एउटै कुरा, एउटै संकल्प गरेर देशको गरिबी अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको बताए ।
अर्थमन्त्री शर्माले मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र बनाउनको लागि उत्पादन र उत्पादत्व बढाउनु पर्ने आवश्यकता भएकाले आगामी वर्षको बजेटको प्राथमिता त्यता तिर रहेको बताए । उनले राजनीतिक दलहरुले आर्थिक क्षेत्र र विकासलाई राजनीतिकरण नगरेर राष्ट्रको हितको लागि सोची राष्ट्रिय संकल्प गर्नु पर्ने अवस्था आएको बताए । अर्थमन्त्री शर्माले नेपालमा सबै कुराले अनकुलता रहेकाले अनकुलतालाई प्रयोग गरेर मुलुकको गरिवी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने बताए ।
अर्थमन्त्री शर्माले भने, “स्रोत साधनले धनी छौं त्यसको भरपुर प्रयोग गर्न कानुनी सहजता, संरचनागत पुनसंरचना गरेर जानुपर्ने अहिलेको आवश्यकता हो ।” उनले अब कुन क्षेत्रमा लगानीले कति प्रतिफल दिन्छ भन्ने बारेमा चासो दिनुपर्ने बेला आएको बताए । अर्थमन्त्री शर्माले इन्धनको मूल्य बढ्दा हरेक क्षेत्रमा असर पर्ने गरेको भन्दै यसतर्फ पनि आफ्नो ध्यान गएको जानकारी गराए । उनले पछिल्लो समय युक्रेन र रुसको युद्धको प्रत्येक्ष प्रभावका नेपालको अर्थतन्त्र परेको बताए ।

प्रतिक्रिया दिनुहोस्