स्याङ्जाको चापाकोटमा कांग्रेस वालिङमा एमाले विजयी «

स्याङ्जाको चापाकोटमा कांग्रेस वालिङमा एमाले विजयी

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वालिङको प्रमुखमा एमालेका कृष्ण खाँण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका छन् ।
चापाकोटको प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ‘इश्वर’ र उपप्रमुखमा इशा राना विजयी भएका छन् । खाँणले ७ हजार ४ सय ९० मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका राजु कोइरालाले ६ हजार ५ सय ५५ मत प्राप्त गर्दै पराजित भएका छन् ।
नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै इशा रानाले ७ हजार ४१३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सृष्टि मल्लले ६ हजार ३ सय ७६ ल्याई पराजित बन्न पुगिन् ।
१० वटा वडा रहेको नगरपालिकाको वडा नं ३, ४, ५, ६ र ८ गरी पाँच वटामा कांगे्रस उम्मेदवार अध्यक्ष बन्दा अन्य वडामा एमालेका उम्मेदवारले चुनावी नतिजा आफ्नो पक्षमा पारेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि चापाकोटको प्रमुख र उपप्रमुखमा कांगे्रस विजयी भएको थियो ।
त्यसैगरी वालिङ नगरपालिकाको प्रमुखमा एमालेका कृष्ण खाँण विजयी हुँदा कांग्रेसका दिलीपप्रताप खाँणलाई पराजित बन्न पुगेका छन् । कृष्ण खाँणले १३ हजार ७ सय ७६ मत प्राप्त गर्दा दिलीपले ११ हजार ५ सय ९६ मत प्राप्त गर्दै पराजित बन्न पुगेका हुन् ।
त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् । तिवारीले १२ हजार ८ सय २२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी एमालेकी खगीसरा थापा मगरले १२ हजार ३ सय ४० मत प्राप्त गर्दै पराजित भइन् ।
१४ वडा रहेको नगरपालिकाको वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ गरी आठवटा वडामा एमालेका अध्यक्षका उम्मेदवार विजयी हुँदा १, २, ५, १०, ११ र १४ गरी छवटा वडामा कांग्रेस विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्