सूचनामा बढ्दै छ एपको प्रयोग «

सूचनामा बढ्दै छ एपको प्रयोग

नेपालमा कुनै समय यस्तो थियो, आफन्त भेट्न दिनहुँ हिँडेर पुग्नुपथ्र्यो । हिँड्दा–हिँड्दैबीच बाटोमा पत्ता नलागेर अलपत्र हुनुपथ्र्याे । गाडी गुड्दा गुड्दै पेट्रोल सकियो वा राम्रो रेस्टुरेन्ट खोजी गर्नुप-यो वा अस्पतालको लोकेसन थाहा पाउनुप-यो भने गाडी ओर्लेर सोधखोज गर्नुप-यो । तर, अब समय र प्रविधिले फड्को मारेको छ । एउट सुविधा सम्पन्न मोबाइलले लोकेसन, घर सहाउँदो पेन्टिङ रंग, राम्रो अस्पताल, रेस्टुराँ, होटल, ट्याक्सी फेयर्स, बैंक अकाउन्ट, नेप्सेको लगायतको जानकारी जहाँ पुगे पनि थाहा पाउन सकिन्छ । केही युवा जनशक्तिको प्रविधिमा मेहनत र झुकावले हजारौं मानिसको जीवनशैली फेरिदिएको छ । नेपालमा बढ्दै गएको स्मार्टफोन प्रयोग र नयाँ–नयाँ प्रविधिको खोजीले मानिसको समय बचाएको छ भने धेरै सुविधा पनि दिएको छ ।
नेपालमा मोबाइल फोन प्रयोगकर्ताको संख्या बढेसँगै ‘गुगल प्ले’ स्टोरबाट एप्स डाउनलोड हुनेक्रम पनी बढेको छ । मोबाइल एप्सले मानिसको दैनिक जीवनशैलीदेखि सहज बनाउने मात्र नभई व्यावसायिक तथा आर्थिक क्रियाकलापमा समेत सघाएका छन् । सूचना सञ्चार र प्रविधिको विकाससँगै अधिकांश स्मार्टफोन प्रयोगकर्तालाई एप्स दैनिक आवश्यकता भएको छ ।
झन्डै एक दशक अघि मोबाइल बोक्न पाए हुन्थ्यो भन्ने आम नेपाली अहिले साधारण मोबाइल होइन पछिल्लो प्रविधिको रोजाइमा छन् । पछिल्ला संस्करणका मोबाइल प्रयोगसँगै जीवनशैली सहज पार्न मोवाइलमा ‘फ्रि एप्स’ डाउनलोड अत्याधिक गर्न थालिएको छ । नेपालमा प्रयोग गरिने अधिकांश मोबाइल एप्सहरू ‘फ्रि एप्स’ नै छन । लाइन, विच्याट, हवाट्सएप एपहरू अन्य युरोपिय तथा एसियन राष्ट्रमा बढी प्रयोगमा छन् भने नेपालमा निःशुल्क कुराकानी गर्न पाइने भाइवर, स्काइप, आपेरा मिनी, क्यास अन एड, नेपाली पात्रो, नेपाल लोसेडिङ, माउन्टेन वाइक रेस तथा फेसबुक म्यासेन्जर नेपालमा चर्चित तथा प्रयोगमा आएका एप हुन । फ्रि एप्सको प्रयोगसँगै सबैभन्दा बढी भ्वाइस तथा ‘टेक्स्ट’ च्याटका लागि प्रयोग गरिने एप्स भाइवर र स्काइप हुन । नेपालमा फेसबुक पछि भाइवर र स्काइप क्रमैसँग बढी प्रयोग हुनेमा पर्छन् । केही समय अगाडि लोडसेडिङको भार वृद्धिसँगै चर्चामा आइहाल्ने एप ‘नेपाल लोड सेडिङ’ हो । लोडसेडिङको परिवर्ततित तालिका हेर्नका लागि पछिल्लो समयमा अधिकांशको मोबाइलमा यो एप देख्न सकिथ्यो । नेपवेज प्रालिले ‘एनलोकेट’ एन्ड्रोइड मोबाइल एप निर्माण गरेको छ । एन्ड्रोइड र एप्पलका आइफोन प्रयोगकर्तालाई लक्षित गरी निर्माण गरिएको यो ‘एप’ मोबाइल प्रयोगकर्ता, साना तथा मध्यम व्यवसायीहरूलाई लक्षित छ । नेप्से एपले नेपाली सेयर बजारबारे जानकारी दिन्छ । यस एप्लिकेसनबाट सेयरको लाइभ ट्रेडिङ मूल्य, मार्केट समरी, प्mलोरसिट, सुनचाँदीको दरभाउ, सेयरमा आएको उतार चढाव, मौद्रिक विनिमय दर आदि सहजै हेर्न सकिनेछ ।
यस एप्सबाट सेयर बजार र ट्रेडिङमा आएको परिवर्तनलाई ग्राफद्वारा समेत हेर्न सकिन्छ । एप्लीकालीले ल्याएको ‘ट्याक्सी फेयर्स नेपाल’ले चढेको स्थानदेखि ओर्लिएको स्थानसम्मको दूरीका साथसाथै ट्याक्सी भाडा रकम पनि देखाउँछ । यसले सरकारले निर्धारण गरकोे दिउँसो र रातिको भाडादर, वेटिङ चार्ज, फ्लाग डाउन चार्ज आदिबारे जानकारी दिन्छ । त्यस्तै नेपाली क्यालेन्डर नेपालीका लागि उपयोगी र आवश्यक पनी बन्दै गएको छ । मिति, तिथि तथा विशेष दिनका जानकारी राख्न अधिकांशले हाम्रो पात्रो प्रयोग गर्दै आएका छन् । यी लगायतका एप्सले मानिसको दैनिकीलाई सजिलो मात्रै बनाएका छैनन् सूचनाको पहुँच पनि बढाएका छन् । सबैजसो समाचार संस्थाहरूले आफ्नै मोबाइल एप बनाइसकेका छन् । यसले गर्दा ग्राहकले अब पत्रपत्रिका बजारमा किन्न जानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्