खत्याड गाउँपालिकामा गठबन्धन विजयी «

खत्याड गाउँपालिकामा गठबन्धन विजयी

मुगु– मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजय भएको छ ।
नेपाल कम्युुनिष्ट पार्टी माओवादी केन्द्रका अजबहादुर शाहीले ३ हजार ५ सय २१ मत प्राप्त गरेर विजय भएका छन भने उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकालेका लालबहादुर मल्लले २ हजार ४ सय ९९ मत प्रप्त गरेका थिए ।
यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेस पार्टीबाट सरिता रोकायाले ४ हजार ५ सय ४८ मत प्राप्त गरी विजय हासिल गरेकी छन् । उनकी प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेबाट २ हजार ४ सय ९९ मत ल्याएकी छन् । खत्याड गाउँपालिकामा १० हजार ७ सय १७ जना मतदाता रहेका थिए ।
यता छाँयानाथ रारा नगरपालिकामा नेपाली काग्रेसबाट नगर प्रमुखमा बिस्नुकुमार भाम र उपप्रमुख ऐश्वर्य मल्ल विजय भएकी छन भने मुगमकामारोङ गाउँपालिकामा पालिका अध्क्षयमा कांग्रेसबाट छिरिङ क्याप्र्ने लामा र उपाध्क्षयमा एमालेबाट छिरिङ फुटि लामा विजयी भएकी छन् । जिल्लामा सोरु गाउँपालिकाको मात्र नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्