वर्तमान सरकारले समयको बर्बादी गरेको आरोप «

वर्तमान सरकारले समयको बर्बादी गरेको आरोप

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताए । उनले वर्तमान गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाए । भट्टराईले सरकारलाई राज्य संयन्त्रले समेत नपत्याएको बताए । उनले अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भनेर निर्देशन गरे पनि १० महिनामा ३० प्रतिशत भन्दा बढी खर्च गर्न नसकेको बताए । भट्टराईले अर्थमन्त्री शर्मालाई अबको ३ महिनामा पुँजीगत खर्चको लक्ष्य कसरी निर्धारण गर्न सक्नुहुन्छ भनेर प्रश्नसमेत गरे । उनले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरे पनि सरकारको प्राथमिकता समाजवाद केन्द्रित नदेखिएको बताए । अर्थमन्त्रीले सिद्धान्तहीन बजेटको तयारी गरेको भन्दै भट्टराईले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन माग गरे । । भट्टराईले अघिल्लो सरकारले ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि बजेट छुट्याएको तर अहिलको अर्थमन्त्रीे त्यसबारे केही बोल्न नसकेको बताए ।
अर्थमन्त्री समाजवादको गफ दिने र काम अर्को तिर गर्ने गरेको आरोप लगाए । उनले अघिल्लो सरकारले ल्याएका राष्ट्रिय गौरवका आयोजना, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई सरकारले नजरअन्दाज गरेको भट्टराईले बताए । उनले कोभिडका कारण धराशायी बनेको पर्यटन क्षेत्रलाई नयाँ शिराबाट सुधार गरेर विदेशी मुद्राको सञ्चिति बढाउन सकिने बताए । गठबन्धन सरकारले एमसीसी र बीआरआई जस्ता परियोजनालाई गिजोल्ने काम गर्ने अन्तर्राष्ट्रिय विश्वास घटाएको भट्टराईको आरोप छ । युवालाई रोजगारीको अवसर दिनेभन्दा ‘मलेसिया पठाइदिने’ नीति सरकारले लिएको भन्दै उनले अर्थतन्त्र सुधार्न सरकारले कुनै उपाय दिन नसकेको बताए ।
उनले भने,‘ विश्वमा विभिन्न राजनीतिक दलहरूका वेग्लाबेग्लै सिद्धान्त र दर्शनहरू छन् । त्यसको आधारमा नै राजनीतिक दलहरू गठन भएका हुन्छन् । अर्थमन्त्री ज्युले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरि रहँदा के सोध्न मन लागेको छ भने यो कुन सिद्धान्त हो ? कस्तो सिद्धान्त हो ?कस्को लागि सिद्धान्त हो ? यो सिद्धान्त सम्माननीय प्रधानमन्त्री ज्युको सिदान्त हो की ? अर्थमन्त्री ज्युको सिद्धान्त हो ? यदि प्रधानमन्त्री र अर्थमन्त्री ज्युको एउटै सिद्धान्त हो भने यहाँ गम्भीर प्रश्न छ । अलग राजनीतिक दलहरू किन खडा हुन्छन् । गाडा अगाडिबाट र पछाडिबाट तान्ने आजको गठबन्धन दल यो सरकार एक्का पट्टिबाट अगाडि तान्र्दै छ,अर्कोबाट पछाडि तिर तान्दै छ । त्यो हुँदा यो सिदान्त र प्राथमिकता त्यो गाडाको अवस्थामा छ । जहाँको त्यही यसले गति लिँदैन । यो सिद्धान्तप्रति गम्भीर टिप्पणी छ । अर्थमन्त्रीले कुनै समय प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने निर्देशन दिनुभएको थियो । तर, आर्थिक वर्षको १० महिना वितिसक्दा ३० प्रतिशत भन्दा माथि पुँजीगत खर्च गर्न सकेको छैन । अबको तीन महिनामा तपाईले पुँजीगत खर्चको लक्ष्य कसरी निर्धारण गर्न सक्नुहुन्छ । यो सरकारको क्षमता छैन । इच्छाशक्ति छैन। यो सरकारलाई राज्य सयंन्त्रले पत्याएको छैन । त्यस कारण यो सरकार जति समय बस्छ । त्यति नै समयको बर्बादी बाहेक केही पनि हुने छैन । हामीले व्यापार घाटाको कुरा गरिरहेका छौं । पछिल्ला वर्ष व्यापार घाटा डर लाग्दा ढंगले बढी रहेको छ । १० प्रतिशतको अनुपातमा व्यापार घाटा बढेको छ । तर, यसको वैकल्पिक उपाय, योजनाहरू र व्यापार घाटालाई कम गर्ने मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई वलियो बनाउने विश्वमा प्रतिस्प्रधि क्षमता राख्न सक्ने एउटा सवल राष्ट्र बनाउने सदन्र्भ अर्थमन्त्रीको सिद्धान्त र प्राथमिकतामा केही भेटिदैन । अहिले मुलुकको आर्थिक प्रणाली खास गरी अपौचारिक प्रणालीहरू धोस्त हुँदै गएका छन् । बैंकिङ प्रणालीहरू धोस्त हुँदै गएका छन् । र अनौपचारिक क्षेत्रले प्रसय पाइरहेको छ । हुण्डीको कारोबार बढेको छ । कमिसनको कारोबार बढेको छ । भष्टचार र तस्करीका बाटाहरू खुल्ला गरिएको छ । यो सरकार आए पछि अर्थतन्त्रका औपचारिक च्यानलहरू कमजोर बनेका छन् । अनौपचारिक च्यानलहरू बलियो बन्दै गएका छन् । यसले मुलुकको अर्थतन्त्रलाई गैरआर्थिक क्रियाकलाप तिर लाने खतरा बढेको छ । मुलुकमा माफियाकरण र दलालिकरणको प्रवृतिहरू बढ्दै जाने अवस्था सिर्जना भएको छ । यो कुरामा सिद्धान्त र प्राथमिकतामा कुनै उल्लेखिय उपायहरू सुल्झाएको देखिँदैन । । अहिले ५ र ६ जनालाई विदेश पठाउने दायित्व पूरा गर्ने होइन । हामीले प्रत्येक वर्ष रोजगारीको क्षेत्रमा आउने पाँच लाख युवालाई मुलुक भित्र नै रोजगारी सिर्जना गर्नू पर्ने अवस्थाप्रति अर्थमन्त्रीको ध्यान गएको छैन । सरकार यस्तो कुरामा ध्यान दिन सकेको छैन । कोभिड–१९को समयमा समेत अर्थतन्त्र सवल बनाउन अर्थतन्त्र पुनरुउथानका कार्यक्रमहरू ल्याएको थियो । उद्योग व्यवसायीहरूसँग समन्वयमा अर्थतन्त्र पनरुत्थान गर्ने कार्यक्रम ल्याएको थियो । तर यो सरकारले अर्थतन्त्र पुनरुत्थान गर्ने काम गर्ने कुनै कार्यक्रम नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिताका पर्न नसकेको छैन ।’
उनले अर्थमन्त्री शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रधानमन्त्रीको कि आफ्नै सिद्धान्त ल्याएको भनेर प्रश्न गरेका छन् । भट्टराईले गठबन्धन सरकार आएसँगै मुलुकको आर्थिक प्रणाली खास गरी औपचारिक प्रणाली र बैंकिङ प्रणालीहरू नै ध्वस्त हुँदै गएको बताए । उनले अनौपचारिक क्षेत्रले प्रसय पाएकाले हुण्डी, कमिसन, भष्टचार र तस्करीका बाटाहरू खुला गरिएको आरोप लगाए । यो सरकार आए पछि अर्थतन्त्रका औपचारिक च्यानलहरू कमजोर भएर अनौपचारिक क्षेत्रका च्यानलहरू बलियो बन्दै गएको भट्टराईको भनाइ थियो । यस्ता कार्यले मुलुकको अर्थतन्त्रलाई गैरआर्थिक क्रियाकलाप तिर लाने खतरा बढने देखिएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्