धादिङ–नागढुंगा सुरुङमार्गको प्रगति ३५ प्रतिशत «

धादिङ–नागढुंगा सुरुङमार्गको प्रगति ३५ प्रतिशत


गजुरी (धादिङ)-आगामी २०८० वैशाखमा काम सम्पन्न गर्ने लक्ष्यका साथ संघीय राजधानी प्रवेश गर्ने सुरुङमार्गको काम धमाधम चलिरहेको छ । शिलान्यासको १४ महिनापछि काम सुरु भएको सुरुङमार्गमा निर्माणमा कोरोना महामारीले बाधा पु¥याए पनि अहिले भने द्रुत गतिमा काम भइरहेको छ । हाल सुरुङमार्ग बनाउने काममा सबै किसिमका गरी करिब ६ सय जनशक्ति परिचालित रहेको आयोजनाले जनाएको छ ।
काठमाडांैको चन्द्रागिरी नगरपालिका र धादिङ जिल्लाको सिमानामा निर्माणधिन सुरुङमार्ग दुई लेनको हुनेछ । यसको लम्बाइ २.६८ किलोमिटर हुनेछ भने सुरुङसहित सडकको लम्बाइ ३.५ किलोमिटर हसनछ । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग नाम दिइएको यो आयोजनामा जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब लगानी हुनेछ । जापानको हाम्जा एण्दो कर्पाेरेसनले सुरुङमार्ग बनाउने जिम्मा लिएर काम गरिरहेको छ ।
निर्माण सम्पन्न हुन १२ महिना समय बाँकी हुँदासम्म आयोजनाको काम भौतिक प्रगति ३५.५० प्रतिशत र वित्तीय प्रगति (खर्च) ४५.५० प्रतिशत रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार अण्डर पास तीन वटामध्ये दुईको काम सम्पन्न भएको छ । फ्लाइओभार एउटा निर्माण गर्न बाँकी छ । बक्स कल्भल्र्ट चारवटा, ओभर पास एउटा, ब्रिज तीन वटा निर्माण सम्पन्न भएको छ ।
सुरुङ मार्गभित्रको मुख्य सुरुङ मार्ग दुई हजार ६ सय ८८ मिटर र इमर्जेन्सी मार्ग दुई हजार पाँच सय ५७ मिटर खन्ने काम पूरा भएको छ । यसैगरी वाकिङ अडिट (सडक) एक सय २६ मिटर र क्रस पासेज एक सय २८ मिटर पूरा भएको आयोजना प्रमुख शाक्यले बताए । तोकिएको काम तोकिएको समयमा सम्पन्न गर्न सुरुङ मार्ग बनाउने कार्यमा जापानी २० जना उच्च तहका इन्जिनियर, नेपाली कन्सल्टेन्ट इन्जिनियर २० जना र सडक विभागका इन्जिनियरसहित सबै किसिमका जनशक्ति गरी ६ सय जनाको हाराहारीमा कार्यरत रहेको कन्सल्टेन्ट इन्जिनियर अच्युत भट्टले बताए ।
सुरुङमार्ग पूरा भएपछि नागढुंगा उकालोमा ट्राफिक जाम अन्त्य हुने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्