प्रस्तावित राजदूतको संसदीय अनुमोदन «

प्रस्तावित राजदूतको संसदीय अनुमोदन

संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत तामाङको नाम अनुमोदन गरेको हो । प्रस्तावित दुवै राजदुतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिको बैठकमा डेनमार्कका लागि प्रस्तावित राजदूत रामसुरज राय यादवमाथि परेको उजुरीका सम्बन्धमा छानबिन गर्न समितिका सदस्य जितेन्त्द्र देव संयोजक तथा निरुदेवी पाल र शिवकुमार मण्डल सदस्य रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले २ दिन भित्र सो सम्बन्धमा छानवीन गरी प्रतिवेदन पेश गर्ने र त्यसैको आधारमा प्रस्तावित राजदुत रायको पनि सुनुवाइ गर्ने समितिका सभापति कर्णले बताए ।
समितिले श्रीलंकाका लागि प्रस्तावित राजदुत बासुदेव मिश्रको पनि उजुरी परेकाले आज सुनुवाइ गर्न नसकिएको स्पष्ट पारेको छ । समितिको अर्को बैठक बुधबार बिहान साढे ८ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्