Logo

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश गम्भीर शंकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको आरोप लगाएका छन् ।

देश गम्भीर संकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा ब्यस्त भएको आरोप

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गरे । उनले मुलुक झन्डै झन्डै राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले बिरोधको स्वरुपलाई परिवर्तन गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री र मन्त्रीहरू सत्ता सेटिङमा नै ब्यस्त रहेको बताए । उनले सरकारलाई महंगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकहरूमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि छुन नसकेको बताए । सांसद ज्ञवालीले देशको स्थिति धेरै भयावह हुँदै गइरहेको पनि बताए ।
सांसद ज्ञवालीले भने, ‘मुलुक झन्डै झन्डै राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेको छ । त्यो विषयमा छलफल होस् भन्नका लागि हामीले बिरोधको स्वरुपलाई परिवर्तन गरेका हौं । मुलुकको अर्थतन्त्र अहिले ठूलो शंकटमा छ । मान्य प्रधानमन्त्रीज्यू, मान्य मन्त्रीज्यूहरू सत्ताको सेटिङमै ब्यस्त हुनुहुन्छ । उहाँहरूलाई यी कुराले सायद छुँदैन पनि होला । न महंगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुराले छुन्छ, न मुलुकको अर्थतन्त्रका सबै सूचकहरूमा रातो बत्ती बल्दै गरेकाले छुन्छ । विदेशी सिञ्चिति इतिहासकै न्यून भएको छ, व्यापार घाटा चुलिँदै गएको छ, भुक्तानि सन्तुलनको स्थिति भयावह छ । यदी सत्ताको सेटिङ पुगेको छ भने मेरो आग्रह छ सम्माननीय प्रधानमन्त्री ज्यू निन्द्रबाट ब्युँझिनुहोस् । मान्य मन्त्रीज्यू निन्द्रबाट ब्युँझिनुहोस् । देशको स्थिति धेरै भयावह हुँदै गइरहेको छ । यस्तो बेलामा सरकारको ध्यान अवैध श्रोतबाट आएका धनलाई चोख्याउने त्यसमा साबुनपानी दल्नेतिर गयो ।’
सांसद ज्ञवालीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरूमाथि सांघातिक आक्रमण हुँदासमेत सरकारे चासो नदेखाएकोप्रति गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्