राज्यको सेवा सुविधा नलिने वडा अध्यक्ष मल्लको घोषणा «

राज्यको सेवा सुविधा नलिने वडा अध्यक्ष मल्लको घोषणा

मुगु– छायानाथ रारा नगरपालिका–१ का वडा अध्यक्ष पदमराज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । मल्ल वडा अध्यक्षमा निर्वाचित पश्चात् उनले यस्तो घोषणा गरेका हुन । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भ्रातृ संगठनमा आबद्व भई राजनीति यात्रा सुरु गरेका मल्ल २०७९ सालको स्थानीय तहको चुनावमा वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
वडा अध्यक्ष मल्ल राजनिती यात्रा मात्र नभएर खेल क्षेत्र र सुरक्षा कर्मीको संगठनमा पनि लागेका थिए । २०५८ साल बाट खेलकुद क्षेत्र सुरु गर्दै जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तर सम्मका खेलकुदमा सहभागी भएको उनले बताए । मल्लले मध्यपश्चिममा ३ पटक भलिवलको नेतृत्व लिएका थिए । यो सँगै उनले ३ वर्षसम्म नेपाल सरकारको सशस्त्र प्रहरी बलको विभागीय जवानमा जागिर गरेको उनले बताए । ३ वर्ष सम्म जनताको सुरक्षा गर्दै अब जनताकै घरदैलोमा विकास , जनताका आधारभुत आवश्यकता परि पूर्ति गर्न बिभागीय जागिर छोडेर राजनीतिकमा होमिएको उनको भनाइ छ ।
उनले भने सदरमुकाम गमगढी बजार नजिकै रहेको आफ्नो वडामा हालसम्म पनि यातायात पुग्न सकेको छैन, मल्लले भने आफ्नो पहिलो प्राथमिकता वडामा गाडी गुडाउने, एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने, खेलकुदको मैदान र खेलकुद क्षेत्रको ब्यवस्था गर्ने मल्लको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्