दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा बौद्ध धर्मालम्बीहरूको आकर्षण «

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा बौद्ध धर्मालम्बीहरूको आकर्षण

भैरहवा-७३ वर्षपछि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । यो सँगै भैरहवाबाट तेस्रो देशसँग सीधा हवाई उडानको सञ्चालन विस्तार भएको छ । सन् १९४९ मा पहिलो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो ।
सोमबार भैरहवामा प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध विमानस्थलको औपचारिक उद्घाटन गरेसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । कुबेत सिटीका लागि भौरहवाबाट जजिरा एयरवेजले विमान एयरबस–३२० निओले सोमबार बिहान ७ बजेर ८ मिनेटमा अवतरण गरेको थियो भने, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै सो जजिरा एयरले कुबेतको लागि उडान भरेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री देउवाले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मस्थललाई विश्वभर थप परिचत गराउन र यस क्षेत्रमा धार्मिक तथा संस्कृतिक पर्यटक प्रबद्र्धन गर्न ठोस सहयोग पुग्ने बताए । प्रधानमन्त्री देउवाले भने, “विमानस्थलको सञ्चालन र विस्तारले देशको अर्थतन्त्र विकासमा सकारात्मक योग्दान पुग्ने छ”, उनले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीबाट २२ किलोमिटको दूरीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाले बौद्ध धर्मालम्बीले सीधा हवाई उडान भरी अवतरण गर्न सक्ने छन् । योसँगै अबका दिनमा प्रचार–प्रसार हवाई सञ्जालको विस्तार गर्न सके बुद्धको जन्मभूमि लुम्बिनी बौद्ध धर्मालम्बीहरूको केन्द्र (हव)का रूपमा विकास हुने निजी क्षेत्रले जनाएको छ ।
विमानस्थल सञ्चालनमा आएसँगै नेपालको पर्यटक आगमनको थप एक ढोका खुलेकाले गर्दा भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीको ब्रान्डिङ गर्न सेकेको खण्डमा बौद्ध धर्मालम्बीहरूका लागि केन्द्र(हव)का रूपमा विकास हुने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बताए । उनले भने, “विश्वमा आधा अर्बभन्दा बढी जनसंख्या बौद्ध धर्मका अनुयायीहरू छन् । हामीले बौद्ध धर्मालम्बीका अनुयायी भएका देशमा सीधा हवाई सञ्जाल विस्तार गर्न सके लुम्बिनी विश्वका बौद्ध धर्मालम्बीहरूको हबको रूपका विकास हुन सक्छ ।”
वल्र्ड पपुलेसन् रिभ्यूका अनुसार सन् २०२२ सम्म कुल जनसंख्याको ६.६ प्रतिशत अर्थात् ५० करोड ६० लाख विश्वमा बौद्ध धर्मालम्बीका अनुयायी रहेको तथ्याङ्क छ ।
सोमाबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धजन्मस्थल लुम्बिनी भ्रमणले यहाँको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रबद्र्धनमा विश्वमञ्चमा प्रचार–प्रसार भएको होटल संघ नेपालको क्षेत्रीय सिद्धार्थ होटल संघ नेपाल (सान) अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । उनले भने, “बुद्ध पूर्णिमाको दिन भारतीय प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनीमा आउनु र यसले विश्वभर सन्देश प्रवहा भएको छ, यसले लुम्बिनी अबका दिनमा बौद्ध धर्मालम्बीहरूको केन्द्रका रूपमा विकास हुनेछ ।”
यसका लागि हामीले हवाई सञ्चालको विस्तार र नेपाल र भारतको बौद्ध क्षेत्र तथा सम्पदाहरूको एकीकृत प्याकेज बनाई विकास, प्रबद्र्धन, प्रचार–प्रसार गर्ने श्रेष्ठको भनाइ छ ।
संघअन्तर्गत भैरहवामा आसपासमा ठूला साना गरी १४६ होटलमा २० अर्ब लगानी रहेको छ ।
सन् २०१७ मा यस अवधिमा १ लाख ६० हजार ८ सय ३२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१८ मा कुल २ लाख ४ सय ८३ भारतीय पर्यटकले भ्रमण गरेका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुुसार सन् २०१९ मा २ लाख भारतीय, तेस्रो मुलुकबाट १ लाख ७३ हजारले लुम्बिनी भ्रमण गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । नेपाली भने वार्षिक १५ लाखले लुम्बिनीमा भ्रमण गर्ने गरेका छन् । सन् २०२० मा ४० हजार, सन् २०२१ मा ६४ हजारले नेपाल भ्रमण गरेका थिए । सन् २०२२ को पछिल्लो चार महिनामा भने साढे ४७ हजार भारतीय पर्यटकले नेपालको भ्रमण गरेको तथ्याङ्क रहेको छ ।
निर्माणमा बाधा हुँदा ढिला गरी भए पनि यो विमानस्थलको निमार्ण पूरा गरी सञ्चालनमा आएकोमा हामी गौरवाभित रहेको एसियाली विकास बैंक(एडीबी)का कन्ट्री डाइरेक्टर आर्नोे कोस्वाले बताए ।
“विमानस्थल नेपालको पर्यटक आगमनमा कोसेढुङ्गो सावित हुनेछ ।” कन्ट्री डाइरेक्टर कोस्वाले भने, “विमानस्थलले वैदेशिक रोजगरामा जाने श्रमिकलाई सहज तथा प्रदान गर्नुका साथै नेपालको धार्मिक पर्यटकलाई ठूलो बढबा दिने छ । रोजगारी सिर्जना गर्न व्यापार वृद्धि गर्ने र अर्थतन्त्रको विस्तार गर्नमा हामी विश्वस्त छौं ।” लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै दक्षिण एसियालगायत संसारकै बौद्ध धर्मालम्बीहरूको आकर्षणको केन्द्र बन्ने बताउँदै कोस्वाले पर्यटन उद्योगको विस्तारमा टेवा पु¥याउँदा स्थानीय रोजगारीसमेत सिर्जना हुने बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उडान गर्नको सुरुवात भएको बताए । उनले भने, “एसियाली विकास बैंक र नेपाल सरकारको गरी कुल ४० अर्ब रुपैयाँको लगानीमा निर्माण भएको सो विमानस्थल धार्मिक पर्यटकका लागि महत्वपूर्ण रहेको छ ।”
जसमध्ये एडीबीले १२.७५ मिलियन सौलियत तथा ४२.७५ प्रतिशत ऋण सहयोग गरेको हो । विमानस्थल निर्माणमा ओपेकले समेत १५ मिलियन सहयोग गरेको छ । सन् २०१४ मा सुरु भएको सो विमानस्थल सन् २०१७ को अन्त्यमा निर्माण समापन हुनुपर्ने भए पनि विभिन्न कारणले गर्दा ५ वर्ष ढिला सञ्चालनमा आएको हो । एसियाली विकास बैंक तथा ओपेक (इन्धन निर्यात गर्ने देशहरूको संस्था)द्वारा लगानी गरिएको तथा २०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्